१६ श्रावण २०८३, शनिबार
,
Latest
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक



अ+ अ-

काठमाडौँ।  एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो ” माया गर्दैन ” सार्वजनिक भएको छ ।

गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ ।

हजारौं सफल म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका प्रसिद्ध मोडल सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो ” माया मर्दैन ” आफ्नो लागि विशेष महत्व बोकेको म्युजिक भिडियो रहेको बताए।

मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगर पालिका ३ सालगाउमै छायांकन गरिएको उक्त म्युजिक भिडियोमा मोडल स्वयं कठायतसंगै बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अङ्कल गणेश कठायत, आन्टी नन्दादेवी कठायत लगायत भाइ कैलाश कठायतलाई समेत म्युजिक भिडियोमा देख्न सकिन्छ।

निर्देशक जनक सिंहको परिकल्पनामा निर्मित उक्त म्युजिक भिडियोमा दिपक गिरि ,गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन तथा कैलाश कठायतको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मेलिना राइ र चक्रन जलको स्वर तथा सागर बास्तोलाको शब्द तथा गायक स्वयंकै संगीत रहेको छ ।

एभरेष्ट ग्यालरीको प्रविधिमैत्री प्रचारप्रसारको राष्ट्रिय अभियान दृश्यमा नेपाल अन्तर्गत सुदूरपश्चिम प्रदेशको सामाजिक जनजीवनको एक अंश म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। सार्वजनिक म्युजिक भिडियोले छोटो समयमै अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकहरु माया बटुल्न सफल भएको छ।