११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता नागरिकलाई घरघरै उपचार



अ+ अ-

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ । नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो ।

“विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ”, प्रमुख पण्डितले भन्नुभयो ।

शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गौलालगायत जाँच र उपचार निःशुल्क हुनेछ । नगरपालिकाका उपप्रमुख गीता दाहालले घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने बताउनुभयो ।