५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा



अ+ अ-

सौराहाका दुइ हात्ती खगेन्द्र प्रसाद र रुद्रकली कतारलाई उपहार दिनु हुन्छ कि हुँदैन ? कोही बिरोधमा हुनुुहन्छ र कसैले केहि हुदैन भन्नुभएको छ । यस्तै यस्तै कथा छ फ्रान्सको हालसालैको पढ्नुहोला है । यो दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा हो ।

फ्रान्सको राजधानी पेरिसबाट धेरै टाढा छैन बोभाल फ्रान्सेली भाषामा “ZooParc de Beauval ” भन्ने चिडीयाखाना । यहि चिडीयाखानालाई भनेर सन् २०१२ मा फ्रान्सले चीनसँग दुइ विशाल पाण्डा भाडामा ल्यायो । शब्द जान्नुस है भाडा या रिण पनि भन्न सकिन्छ । उचित र अनुकुल वातावरणको शतप्रतिशत ग्यारेन्टी भएपछि चीनले ( हुआन हुआन भन्ने पोथी र र युआन जी भन्ने भाले ( Huan Huan and Yuan Zi) लाइ यस चिडिया खानामा पठायो ।

चिडिया घरमा आउनासाथ यि दुइ पान्डा अचम्मैले लोकप्रिय भए । हामी पनि हेर्न गयौँ । यति भिड हुने कि पान्डाको सेक्सन त कुरै नगरौँ । यति राम्रा कि काखमा लिएर बसौँ जस्ता । उनीहरुले बाँस खाइरहेको र बेला बेलामा खेलिरहेको चर्तिकला खुब हेर्यौँ । त्यतिबेला उनीहरु भाले पोथी लाग्ने याममा थिए । बाँसका झप्पामा रमाइलो अनि भाले पोथीको सिजन बहुतै आकर्षक याम थियो हामी पुग्दा ।

उनीहरूको आगमनले रमाइलो मात्र बनाएन । बास्तवमा फ्रान्सले पहिलो पटक यति ठूलो स्तरको पाण्डा संरक्षण परियोजना युरोपमा पनि सम्भव छ भन्ने देखायो ।

बोभाल चिडियाखानामा यि जोइ पोइ पान्डाले सन् २०२१  मा हुआनलिली र युआन्दुदु ( Huanlili and Yuandudu ) नाम गरेका जुम्ल्याहा सन्तान जन्माए र दुइ बाट यि चार भए । चार हुनु भनेको फ्रान्सले पनि पान्डाको अनुसन्धान, प्रजनन र जनचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान दिनु सरह थियो ।

हुआनलिली र युआन्दुदु फ्रान्समा जन्मिएको कुरा त मैले लेखेँ । अब तपाइलाई लाग्ला भाडमा ल्याइएका बाउ आमाका सन्तान त फ्रान्सेली भए होलान् । तर होइन है । कुरा बुझौँ ।

तर यि दुइ बालबालिका पान्डा पनि उनका बुबा आमा जस्तै चीनको सम्पत्ती हुन् । कानुनी रूपमा चीनकै स्वामित्वमा पर्छन् यिनिहरू । किनभने अन्तर्राष्ट्रिय सम्झौताअनुसार, सँसारको जुन सुकै कुनामा पान्डा जन्मिउन् ति चीनका सम्पत्ती हुन् । तस्विरको जस्तो है । नेपालमा पाइने रातो पान्डा होइन । यस्तो पाण्डा चीनमा मात्र पाइने दुर्लभ जनावर भएकोले चीन सरकारले पाण्डालाई आफ्नो राष्ट्रिय प्राकृतिक सम्पदा मानेको छ । मतलब चीनको मात्र सम्पत्ती ।

कुनै समय पाण्डाको सँख्या घटेर एक हजार भन्दापनि तल पुग्यो । यसपछि चीनले अत्यन्तै कडा संरक्षण नीति अपनायो । यसअनुसार, तस्विरका जस्ता सेता काला पाण्डा सँसारका जुन सुकै कुनामा पुगुन सदैव चीन सरकारको स्वामित्वमा रहने निर्णय गरियो । तिनका छोराछोरी पनि चीनकै हुने भए ।

सँसारका अन्य देशमा यस्ता पाण्डा भए पनि उनीहरू बेचिएका होइनन । उपहार दिइएको पनि होइन । केवल संरक्षण र अनुसन्धानका लागि ऋणमा पठाइएको हो अर्थात भाडामा दिइएको हो । भाडामा दिएकोले फ्रान्सले पनि ल्याएको थियो । यसरी आफ्नो चिज ऋणमा दिने या भाडामा लगाउने प्रचलनलाई पान्डा कुटनीति पनि भनिन्छ । यो प्रचलनलाई कहिलेकाँही व्यग्यका रुपमा पनि हेरिन्छ ।

हाम्रा हात्तीलाई कहाँ राख्दा हुन्छ छलफल हुनुपर्छ । कसरी दिने त्यो पुन अध्ययन हुनुपर्छ तर नेपालले जहिल्यै पनि जनावरहरु दिँदा अन्तराष्ट्रिय नियम कानुन मजाले हेर्ने गरेको छ तर उनीहरु पुगेका ठाम कस्ता छन् त्यो तपाइ हामीले फेसबुकमा लेखेका भरमा हुँदैन । यसका लागि लामो अध्ययन गरिएको हुनुपर्छ ।

अब म फेरी पान्डा चीन फर्किएको कथा लेख्दैछु ।

हजुर फ्रान्सको बोभाल चिडियाखाना आइपुगेका बाउ र आमा पान्डाको फ्रान्स बस्ने अबधि य गएको नोभेम्बरमा सकियो । भिसा सकिएपछि उनीहरु फर्कनु पर्ने थियो फर्किए । फ्रान्सेलीका आँखाका नानी यि पान्डाहरु चीन फर्काउने बेला सबैका आँखा रसाए । यि पान्डाहरु मानौँ सबै फ्रान्सेलीका साझा परिवार थिए । उनीहरुलाई चीन फर्काउने दिनको सानो कथा यस्तो थियो ।

बिहान ३:३० बजे, बोभाल चिडियाखानाको पाण्डा–कोआला क्षेत्रमा कार्यरत स्याहारकर्ताहरूको टोलीको अन्तिम बैठक बस्यो । मतलब रातभर कोही सुतेन । केहि दिन देखिको तयारी थियो । पठाउनका लागि भने । पठाउने उपयुक्त समय र अबधि अनि टोली निर्धारण पनि पूर्व तयारी का साथ गरिएको थियो । बिहान पाँच बज्नु अगावै पान्डाहरुलाई छुट्छुटै बाकसमा एकपछि अर्को गर्दै पान्डा खालहुँदै चिडियाखानाको मुख्य भवन बाहिर ल्याइयो ।

स्याहारकर्ताहरू पछि पछि लागिरहे । पाण्डाहरूको भोक मेटाउन १८० किलो ताजा बाँस उनीहरूलाई बोकेको ट्रकमा लोड गरियो । धेरै पत्रकार र क्यामेराको उपस्थितिमा बोभाल चिडियाखानाका निर्देशक रोडोल्फ र सोफी डेलोर्ड टोलीसँगै उपस्थित भए । त्यसैबेला चीनिया प्रतिनिधि पनि त्यहिँ पुगे ।

सँझनाको लागि अन्तिम तस्बिर खिचे । धेरै वर्षदेखि यी दुई पाण्डाको हेरचाह गर्दै आएका स्याहारकर्ताहरूको आँखामा आँसु देखियो । बिहान ५:०० बजे फ्रान्सको प्रहरी सुरक्षा निगरानीमा पाँ पुँ गर्दै उनीहरुलाई सुरक्षित ट्रकमा राखेर विमानस्थल लगियो ।

उनीहरुका बाकसहरूमा “शुभ यात्रा युआन जी” र “शुभ यात्रा हुआन हुआन” लेखिएको थियो । फ्रान्सेली र चिनियाँ झन्डा तथा “चीनमा स्वागत फिर्ता” सन्देशले सजाइएको थियो उनीहरुको यात्रा बाकसलाई । बाटोमा ट्रक रोकेर एकबार पाण्डाहरूको स्वास्थ्य जाँच गरियो । दुवै पाण्डा मस्त सुतिरहेका थिए । उनीहरुलाई एक पटक व्युँझाइयो । सबै प्रशासनिक, पशु–चिकित्सकीय तथा भन्सार प्रक्रिया पूरा भएपछि १७ वर्षे यि दुई पाण्डाका बाकसहरू एयर चाइनाको एयरबस A330 कार्गो विमानमा चढाइयो । करिब ९,००० किलोमिटरको १२ घण्टे यात्रा तय गरेर फ्रान्सेली पशु चिकित्सक र चिनियाँ स्याहारकर्ताहरूको साथमा चेंगदुस्थित संरक्षण केन्द्र पुगे ।

यो मनै भरीने दृष्यलाई फ्रान्सेली टेलिभिजन रेडियोहरुले समाचार बनाए । पान्डा सँरक्षण कति खर्चिलो छ भन्ने कुरा पुन सुनाइयो । पान्डा कुटनीतिबारे पनि स्टोरी बने । अनि चीनका राजदुतले भविषयमा फ्रान्समा अरुपनि पान्डाहरु आउनेछन् र हामीले फ्रान्स अनि चीनिया सम्बन्धलाई अझ मजबुत बनाउने छौँ भन्दै गर्दा फ्रान्सेलीहरुले चीनलाई एक आशाको देशको रुपमा पनि हेरे ।

किनभने अहिलेको वर्तमान परिस्थितिमा चाइना र फ्रान्सको कुटनीति कसरी मजबुत बनाउने र ओरालो लागेको अर्थतन्त्र भएको फ्रान्सलाई चीनक सहयोगमा कसरी कसरी प्राण भर्ने भन्ने कुरो महत्वपुर्ण भएको छ । यसै सन्दर्भमा हालै फ्रान्सेली राष्ट्रपतिले चीन भ्रमण पनि गरेका थिए ।

हेर्नुस जनावरको कुटनीतिले कहिले काँही देशको अर्थतन्त्र सवल बनाउने पक्ष सम्म जोड्छ । कुटनीतिमा हुने अनेक अभ्यास मध्ये जनावर कुटनीति पनि एक हो ।

महानुभावहरु हात्ती कतारलाई दिनु अपराध होइन । थाह पाउनु भयो जनावरलाई भाडामा पनि लगाउन सकिने रहेछ । तर तिनिहरुको लागि उचित र अनुकुल वातावरण सृजना हुनुपर्छ र अन्तराष्ट्रिय सझौताहरुको राम्रो पालना हुनुपर्छ । अहिले कतारीलाई छि छि र दुर दुर भन्दा पनि कतारसँगको समन्बन्ध कसरी मजबुत बनाउने भन्ने कुरो हो ।

यस्तो बेला दुइ देशको सम्बन्धलाई बलियो बनाउनु राष्ट्रिय हितमा हुन्छ ।