जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी परिमार्जन नगरी पारीत गर्न नसकिने बताएका छन् । जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले एमसिसी संशोधन र परिमार्जनविना पारित गर्न नसकिने बताएका हुन् ।
जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘संशोधन र परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन।’
उनले एमसिसी सम्झौताबारे गहिरो गरी अध्ययन गरिएको सम्झौता नेपालको पूर्वाधार क्षेत्रमा सहयोग गर्ने अमेरिकी सहयोग रहेको उललेख गरे। एमसिसी सम्झौता शेरबहादुर देउवा सरकारका पालामा २०७४ सालमा गरे पनि संसदबाट अनुमोदन भएको छैन।
एमसिसीबारे नेकपाभित्रै विवाद छ। केही बुँदा परिमार्जन गरेर एमसिसी अनुमोदन गरी कार्यान्वयनमा लैजाने पक्षमा नेकपा देखिएको छ।