तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोकिएका छन् ।
डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस र दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस बिहान एकआपसमा ठोक्किदा ४० जना घाइते भएका छन् ।
दुर्घटनामा परी ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुलाई दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।