२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ



अ+ अ-

काठमाडौं। उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी प्रहरी वृत्त गौशालामा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गर्नु भयो ।

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माणरसुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंह सहित ५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गर्नु भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले सबैलाई समानरूपले सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीहरू भित्र नै विभेद रहेमा आलोचनात्मक प्रश्नहरूको सिर्जना हुन सक्छ भन्दै समान राशन सुविधा रहने प्रहरी कर्मचारीहरू भित्र समानता कायम गर्नको लागी संयुक्त मेश निर्माणको अभियान संचालन गरेको जानकारी दिनुभयो । ठुलो संख्यामा रहेका जवानर हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उहाँले बताउनु भयो । प्रहरी कर्मचारीहरूको सेवा सुविधा, वृत्ति विकासलाई ध्यानमा राखी तल्लो वर्गका कर्मचारीहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान( हवल्दार लक्षित अभियान संचालन गरेको समेत बताउनु भयो । उपत्यकाको सबै प्रहरी कार्यालयहरूमा मेश सुधार छिटो भन्दा छिटो सक्ने गरी सबै कार्यालयहरूले सुरु गरिसकेको र यो अभियान सम्पन्न गर्न उल्लेखनिय भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको कार्यक्रममा जानकारी दिनु भयो ।