• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कुकुरलाई बनाइयो मेयर, न्यायाधीशले खुवाए सपथ



काठमाडौं । अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।

बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो ।

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् ।

कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथ सँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो ।

समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् ।