४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ ।

शुक्रवार बसेको पार्टीको नवनिर्वाचित केन्द्रिय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्दिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले केन्द्रिय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ । ११ औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रश्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताउनु भयो । बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रिय सचिवालयलाई समेत दिएको छ ।

उपमहासचिव भट्टले भन्नुभयो,‘विधान संशोधन, जो भयो । त्यसको सम्पादन र प्रकाशन एक हप्ताभित्रै त्यसलाई प्रकाशन गरेर सम्बन्धित सबै पार्टी कमिटीहरुमा पु¥याउने भन्ने छ । अर्को कार्य विभाजनको निमित्त सचिवालयले अख्तियारी लिएको छ । र केन्द्रिय सल्लाहकार परिषद गठन गरेको छ । केन्द्रिय कमिटी बैठक यही पौष २७, २७ र २८ गते आयोजना गरेको छ ।’

एमालेले पार्टीको एघाराँै महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ ।