२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै ७० वर्षीय बाबुको हत्या गर्ने छोरा पक्राउ



अ+ अ-

रौतहट । प्रहरीले आफ्नै ७० वर्षीय बाबुको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गत २८ माघमा रौतहटको दुर्गा भगवती गाँउपालिका ३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या गरेको थियो ।

गाइबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको र धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले हत्या आरोपमा फेकनका छोरा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् ।

आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको हत्या गरेको अभियुक्तले बताएका रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

पक्राउ परेका पण्डितलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्र्तगतको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।