२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको विवादित जन्मोत्सव, नेपालको नक्शा अंकित केक काटिएको भन्दै चर्को आलोचना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीरहरु सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएको छ । प्रधानमन्त्रीद्वारा केक बोक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । केहीले त प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर समेत व्यंग्य गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले फेसबुकमा यसरी लेखेका छन् :

दु खका साथ यो लेख्दैछु । जुन देशका जनताले भोकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन । छोरा छोरी विदेशका विभिन्न ठाँउमा आफ्नो शरीर, रगत र पसिना रेमिट्यान्ससँग साँटिराखेका छन् । पशुपतिमा लाशको विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियो ? लाज लाग्दैन ?

प्रधानमन्त्री ओलीले हिजो (आइतबार) आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुम इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका थिए । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि हिजो (आइतबार) आठराई गाउँपालिकाले सार्वजनिक विदा समेत दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी रहेका थिए ।