६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चिनियाँ नफर्किंदा विमानस्थल निर्माण प्रभावित

चिनियाँ नफर्किंदा विमानस्थल निर्माण प्रभावित
अ+ अ-

बुटवल पोखरा । चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका दुई ठूला विमानस्थल निर्माण प्रभावित भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ आफ्नो नयाँ वर्ष मनाएर फर्किन पाएका छैनन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आउनुपर्ने चिनियाँ पनि उतै रोकिएका छन्। भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा चीनबाट फर्किनुपर्ने दक्ष जनशक्ति मात्रै होइन, आवश्यक सामग्रीसमेत रोकिएका छन्। यो विमानस्थलमा भौतिक संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनीले लिएको छ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी २० प्राविधिक चीनमै रोकिएका कारण काम प्रभावित भएको बताउँछन्। यहाँ प्राविधिकसहित ४० चिनियाँ काम गर्छन्। उनीहरूसँगै ८० नेपाली निर्माणमा खटिएका छन्। उनका अनुसार उपकरण जडान गर्न ढिलाइ भएको छ। उपकरणहरूसमेत चीनबाट ल्याउनुपर्ने थियो। ‘आईसीबी वान’अन्तर्गत भइरहेको काममा टर्मिनल भवनमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ र धावनमार्गका लागि ‘लाइटिङ’ सामग्री चीनबाट ल्याउने हो। त्यहाँबाट हवाई उडान हुन नसक्दा उपकरण ल्याउन समस्या भएको उनी सुनाउँछन्।

उनका अनुसार अब समयमा काम सक्न गाह्रो देखिएको छ। विमानस्थलमा १३ प्रतिशत मात्रै काम बाँकी छ। निर्माण सम्पन्न गर्न मार्च ३१ सम्मका लागि चौथो पटक म्याद थपिएको छ। यस्तै, पोखरा विमानस्थल फिनिसिङको काम गर्न सय जना चिनियाँ फेब्रुअरी ५ मा आइपुग्ने तालिका थियो। चीन सरकारले आउजाउमा रोक लगाएपछि उनीहरू उतै रोकिएका छन्। एयर ट्राफिक टावर, टर्मिनल, हेंगरलगायत भवन फिनिसिङको काम, इक्विपमेन्ट इन्स्टल गर्ने प्राविधिकसहित विमानस्थलबाट मुख्य सडकसम्म जोड्ने रोड ढलान गर्ने मजदुर रोकिएको आयोजनाका प्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेल बताउँछन्।

यसले काममा केही असर गरे पनि तोकिएको मितिभन्दा ६ महिनाअघि निर्माण सक्ने योजनामा असर नपर्ने उनको दाबी छ। विमानस्थल निर्माण कार्य ५५ प्रतिशत सकिएको छ। चिनियाँ निर्माण कम्पनी सीएएमसीईले तोकिएको समयभन्दा ६ महिनाअगावै काम सक्ने बताउँदै आएको छ। त्यहीअनुरूप काम अघि बढेको आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन्। रनवे, ट्याक्सी वे, एप्रोनका महत्वपूर्ण काम सकिएको छ। २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे ढलान वैशाखमै सकिएको हो।

एयर ट्राफिक टावरको आठ तलाको भवन, टर्मिनल, हेंगरलगायत १४ वटा भवन निर्माण अन्तिम चरणमा पुगेको उनी सुनाउँछन्। यससँगै मुख्य सडकबाट विमानस्थलसम्म पुग्ने एक किलोमिटर चार लेन सडक निर्माणको काम चलिरहेको छ। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ। विमानस्थल निर्माणमा १ सय ८० चिनियाँसहित ४ सय ६० जनाले नियमित काम गरिरहेको मुनंकर्मी बताउँछन्।

पोखरा महानगरपालिका–१४ मा सीएएमसीईले २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको हो। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माणपछि बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज उडान–अवतरण गर्न सक्नेछन्। ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारी हुनेछ।

सडक विस्तार आयोजना प्रभावित:चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेड ठेकेदार रहेको बुटवल–नारायणगढ सडक विस्तार पनि प्रभावित छ। बुटवलबाट नारायणगढसम्म १ सय १३ किलोमिटर सडक विस्तारको काम चलिरहेको छ। बुटवलबाट पश्चिम नवलपरासीको दाउन्नेसम्म ४८.५ किलोमिटर सडकको काम एक खण्डमा सुरु भएको छ। पूर्वी नवलपरासीको गैंडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम भइरहेको छ।

नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेका अनुसार व्यवस्थापन र प्राविधिक गरी २० जना चिनियाँ कामदार छन्। मुख्य प्राविधिक र प्रशासनिकमा चिनियाँ नै छन्। आधाभन्दा बढी प्राविधिक र कामदार चीनमै रोकिएका छन्। केही दिनभित्र कामदार नर्फिकए समस्या हुने उनी बताउँछन्। प्रधानमन्त्री केपी ओलीले गत चैतमा सडक विस्तार आयोजना उद्घाटन गरेका थिए। चिनियाँ कम्पनीलाई २०२२ अगस्ट १ मा सक्ने गरी ठेक्का दिइएको छ।

डाइभर्सनका दुई चिनियाँ फिर्ता:भेरी–बबई बहूद्देश्यीय डाइभर्सन आयोजनामा काम गर्ने ३–४ जना कामदार चीनमै रोकिएका थिए। तीमध्ये दुई जना फिर्ता भएका छन्। आयोजना प्रमुख सञ्जीव बराल फिर्ता भएकालाई १४ दिन निगरानीमा रोखर काममा लगाइएको बताउँछन्। ‘चिनियाँले गर्ने काम करिब सकिएकाले धेरै मजदुर छैनन्’, उनी भन्छन्, ‘कोरोनाका कारण योजनामा कुनै समस्या छैन।’ भेरी–बबई डाइभर्सन प्रदेश ५ र कर्णालीको महत्वपूर्ण आयोजना हो। यो आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। अन्नपुर्णपोष्ट दैनिकबाट