२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ, ३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेको बताउनुभएको छ ।

काठमाडौँमा बिहिबार आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो ।

चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पु-याएको उहाँले उल्लेख गर्नुभयो । “चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो”, सञ्चारमन्त्री खरेलले भन्नुभयो,“खासगरी नेपालको पूर्वाधार विधास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा उत्तीकै योगदान गरेको छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।”

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङ ले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गर्नुभएको थियो । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्धारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।