११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा नवीन पौडेललाई हजारौं हजार दर्शकको ‘वान्स मोर’



अ+ अ-

नेपाल भ्रमण वर्ष, भिजिट नेपाल २०२० अवसरमा पाथिभरा देबिको दर्सन मेची पर्यटन हाम्रो आकर्षणू भन्ने मुल नाराका साथ ताप्लेजुङ को फुङ्लिङ बजार मा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ मा गायक नवीन पौडेल ले प्रस्तुती दिइरहदा पुर्बेलिको मन मात्रै नाचेन ज्यान मात्र नाचेन लगातार वान्स मोर को आवाज आइरह्यो। पश्चिम पाल्पामा जन्मेका गायक पौडेल ले जुन गित गाउछन त्यो गीत मा पुर्ब ताप्लेजुङ पाचथर इलाम झापा लगायत जिल्ला बाट महोत्सव अबलोकन गर्न आएका दर्सक ले निक्कै साथ दिए।

बोलाउँ बोलाउँ लाग्यो बोलाइहालेँ मैपनी नरिसाउनु कोहिपनी बोलको गीत बाट प्रस्तुती सुरु गरेका गायक पौडेल ले आजैभेट भाको ताप्लेजुङ आको म परेँ पाल्पाको, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, तिम्लाइ हेर्दा हेर्दै जुङ्गा पलायो, फुलेको तोरिलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो, मैले तिम्लाइ हेरेको मन परेरै हो, घर मेरो सुदुरपश्चिम लगायत का करिब एक दर्जन गीत गायर सम्पुर्ण पुर्बेलिको मन जितेका थिए।

यथार्थपरक समयसापेक्ष महिलामुक्ती, रास्ट्रभावले ओतप्रोत एबम जनताका चेतनाका गीत गाउने पौडेल ले बिश्वका करिब तीन दर्जन देस र नेपालका लगभग सबै जिल्लाका मुख्य मुख्य सहर तथा गाउमा पुगेर प्रस्तुती दिइसकेका छन। आकर्शक प्रस्तुतिले सबैलाइ झुमाउन सक्ने खुबी भएका गायक पौडेल ले पुर्बेली दर्सक श्रोताहरुको मन पनि मज्जाले जिते। कार्यक्रम मा के केटाकेटी के युबा युवती के बृद्द बृद्दा सबैले हुटिङ र ताली बजाएर साथ दिएका थिए। कार्यक्रम को अन्त्यतिर गायिका एबम डान्सर कुशुम परियार र नवीन पौडेल को दोहोरिले सबैलाइ मत्रमुग्ध बनाएको थियो।

पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मुल समारोह समितिको आयोजनामा चलिरहेको महोत्सव यहि फाल्गुन को तेह्र गते सम्म सन्चालन हुने छ। सो कार्यक्रम मा राजेस पायल राई मेलिना राई लगायत का चर्चित कलाकारहरूले प्रस्तुति दिदैछन। गायक पौडेल प्रस्तोता समाज नेपालका पुर्ब सदस्य, रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल का पुर्ब केन्द्रिय सदस्य एबम अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष समेत रहिआएका छन।