३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल



अ+ अ-

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेन–जीहरुबीच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभएको छ ।

बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै ढकालले केही समयअघि जेन–जी समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशंका निजी क्षेत्रमा पैदा भएको बताउनुभएको हो । उहाँकाअनुसार तोडफोड आगजनी गर्नेहरु कारबाहीको दायरामा आउनैपर्छ । त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न सकिँदैन ।

अध्यक्ष ढकालले भन्नुभयो–‘केही समय पहिला जेन–जी र सरकारबीच एउटा सम्झौता भयो । त्यसमा भएको सम्झौताले कतै तोडफोड गर्ने आगजनी गर्ने, लुटपाट गर्ने, एउटा गलत व्यक्तिहरुलाई पनि कारबाही नहुने हो की भन्ने नीजि क्षेत्रमा संशय देखिएको छ । जहिलेसम्म निजी क्षेत्रमा लगानीका लागि कन्फिडेन्स हुन्न त्यतिबेलासम्म रोजगारी सिर्जनादेखि राजश्व बढ्न सम्म सक्दैन । दुखको कुरा नेपालमा नीजि क्षेत्रको योगदानलाई आम जनतामा उसले दिएको रोजगारीका कुराहरु भन्दा पनि नकारात्मक कमेन्ट बाहेक केही आउँदैन । त्यसले गर्दा आम पब्लिकलाई पनि हामीले बुझाउनुपर्नेछ । निजी क्षेत्र रोजगारदाता हो,राजश्व तिर्ने क्षेत्र हो, पूर्वाधार बनाउने काम पनि गर्छ, आम सर्वसधारणलाई सेवा दिने क्षेत्र हो, भन्ने हामीले म्यासेज दिन जरुरी छ । जहिलेसम्म दिन सकिदैन् त्यतिबेला सम्म हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा परिरहन्छ ।’

अध्यक्ष ढकालकाअनुसार निजी क्षेत्रमा लगानीका लागि विश्वास नजागेसम्म रोजगारी सिर्जना र राजस्व वृद्धिको अपेक्षा गर्न सकिँदैन ।

एनसेलका निर्देशक डिल्लीराम श्रेष्ठले कम्पनीमाथि भएको आक्रमणबाट करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँले एनसेलको कर्पोरेट हाउसमा भएको आक्रमण केवल राजनीतिक कारणले मात्र नभई आपराधिक मानसिकताका कारण भएको बताउनुभयो । उहाँका अनुसार पार्किङमा रहेका सवारी साधन जलाइए, कर्मचारीका सामान चोरी भए त्यो अपराधिक मनशायले नै भए, त्यस्ता कार्य गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ । उहाँले घटनापछि जाहेरी दिइए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै उहाँले राज्यमाथि प्रश्न उठाउनुपर्ने अवस्था आएको बताउनु भयो । निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो ।

एनसेलका निर्देशक श्रेष्ठले भन्नुभयो–‘एनसेलको कर्पोरेट हाउसमा जुन किसीमले आक्रमण भयो । त्यसबाट हामीले ६० करोडको नोक्सानी बेहोर्नु पर्यो । हामीमाथिको आक्रमण केवल राजनीतिक कारणमात्रै थिएन, अपराधिक मानशिकताले गर्दा नै थियो । जुन किसिमले हाम्रा सबारी साधनहरु पार्किङबाट माथि लगेर जलाइएको थियो । कर्मचारीको सरसमान चोरीएको छ । त्यही अनुसार हामीले जाहेरी पनि गरेका थियौं । अहिलेसम्म कुनै व्यक्ति पक्राउ परेको छैन । यति हुँदा हुँदैपनि राज्यले दिएको जुन जिम्मेबारी छ, त्यो जिम्मेबारी नागरिकको मौलिक हक सूचन र संचारको हकमा हामी अघि बढिरहेका छौं । हामीले राम्रोसँग काम गर्न सकेनौँ भने नागरिकको मौलिक हकलाई सुनिश्चित गर्न लागिप¥यौं ।’

एनसेल मौलिक हकलाई सुनिश्चित गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ रहेको छ ।   उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले लगानीमैत्री वातावरण नबिग्रिएको बताउनु भयो । उहाँकाअनुसार पहिलेको जसरी नै लगानी आउने क्रम बढिरहेको छ, यसले निजी क्षेत्रको मनोबल खस्किएको देखिँदैन ।