काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ विष्णु रिमाल उपमहासचिव पदको प्रतिष्प्रर्धामा शीर्ष तीनबाट बाहिरिएका छन् ।
एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था रहेकोमा रिमाल चौथो स्थानमा रहेका हुन् ।
उपमहासचिवतर्फको निर्वाचनमा हालसम्मको मतगणना अनुसार लेखराज भट्टले सर्वाधिक मत पाएका छन् । उनले ७३४ मत पाएका छन् । यस्तै, अर्का उम्मेदवार योगेश भट्टराईले ७०९ र रघुवीर महासेठले ६८९ मत पाएका छन् ।
विष्णु रिमालले भने ५४० मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले ३३४ मत पाउँदा वैजनाथ चौधरीले २७१ मत पाएका छन् ।










