काठमाडौं । प्रहरीको बर्दीमा नै टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् । महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।
प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ ।
रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी्र) विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको जानकारी दिए ।