६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाल–कम्बोडिया अन्तरराष्ट्रिय व्यापार सम्मेलन घोषणा

नेपाल–कम्बोडिया  अन्तरराष्ट्रिय व्यापार सम्मेलन घोषणा
अ+ अ-

काठमाडौँ । नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ ।

आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ ।

कार्यक्रममा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स,लगायत पर्यटन, उड्डयन, यात्रा–पर्यटन, उत्पादन, संस्कृति, प्रविधि तथा आयात–निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । कम्बोडियातर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, पर्यटन तथा आतिथ्य सङ्घ संस्था, उड्डयान कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक–सिर्जनात्मक क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम संयोजक रामप्रसाद पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ ।

यसमार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवद्र्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका पूर्व अध्यक्ष एवं व्यवसायी लालसिंह खड्काले बताउनुभयो । कार्यक्रमअन्तर्गत नेपाल–कम्बोडियाका व्यवसायीकहरुबीच लगानी तथा व्यापारीक भेटघाट, क्षेत्रगत छलफल, व्यापारिक नेटवर्किङ तथा नीतिगत संवाद सञ्चालन गरिनेछ । पर्यटन तथा आतिथ्य, उड्डयन, यात्रा सेवा, कृषि, उत्पादन, रियल स्टेट, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग र डिजिटल नवप्रवर्तन जस्ता उच्च सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानी र सहकार्यका अवसर पहिचान गरिनेछ । कार्यक्रमको विशेष आकर्षणका रूपमा दुवै देशबीचको आर्थिक विकास, नवप्रवर्तन र द्विपक्षीय सहकार्यमा योगदान पु¥याउने उत्कृष्ट उद्यमी, उद्योगपति तथा संस्थाहरूलाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्डबाट सम्मान गरिनेछ । यो अवार्ड समारोहले कम्बोडियालगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ ।

एसियन मुलुकभरका पेसागत र संस्थागत व्यक्तित्वको योगदानलाई मान्यता दिने र अन्तरराष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड प्रदान गर्न लागिएको कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताउनुभयो । अन्तरराष्ट्रिय व्यापार सम्मेलन २०२६ कार्यक्रम केवल व्यापारिक भेटघाट मात्र नभइ दुवै देशबीच दीर्घकालीन साझेदारी, जनस्तरको सम्बन्ध विस्तार र साझा समृद्धिको आधार निर्माण गर्ने महत्वपूर्ण मञ्चको रुपमा रहेको र यसले द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन विकास र लगानी विस्तारमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको व्यवसायी खड्काले बताउनुभयो ।

यसैबीच कम्बोडियाका चेम्बर अफ कर्मसका डाइरेक्टर जनरल डेपुटी डाइरेकटर जनरललगायत अन्य पदाधिकारी र नेपाल चेम्बरआफ कर्मसका अध्यक्षलगायत अन्य प्रतिनिधि र विभिन्न व्यवसायीहरुसँग भेटघाट भइसकेको छ । कम्बोडिया सरकारका पर्यटन उपमन्त्रीका राज्य सचिव डा थोक सोखोम, पर्यटन मन्त्रालयका सचिव कुच पन्नहासा र कम्बोडियन ट्रेड प्रमोशन एसोसिएसनका संस्थापक अध्यक्ष जेसी म्याककुलसँग दुई देशबीचको पर्यटन आदानप्रदान प्रवर्द्धन तथा नेपाल र कम्बोडियाका व्यवसायीबीच हुने व्यावसायिक भेटघाट कार्यक्रमलाई कसरी व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको कार्यक्रम संयोजक पाध्याले जानकारी दिनुभयो ।