१९ माघ २०८१, शनिबार
,
Latest
आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता: गृहमन्त्री थापा



अ+ अ-

चितवन । गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उहाँले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

उनले भने, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।” गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने “तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।” सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उनले बताए ।

पाँचदिने सो तालीमको उद्योग वाणिज्य सङ्घ रत्ननगरले सहजीकरण गरेको हो । सङ्घका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गरेका थिए ।