२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाडा चौपायाको जगजगी बढ्यो



अ+ अ-

महोत्तरी । जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र बजार परिसरमा खुला विचरण गर्ने चौपायाले पैदलयात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटिमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँ कुनै नौलो नभएको सर्वसाधारण बताउँछन् ।

“बजार, चोकतिर हिँडडुल गर्न डरमर्दो भएको छ”, जलेश्वर नगरको मुख्य बजार क्षेत्र शङ्करचोककी रामरती साह भन्छन्, “तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” जलेश्वर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजार क्षेत्रमा गाई र साँढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । छाडा पशुले फोहर बढाएका सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।

खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०÷६० को सङ्ख्यामा आँगन÷आँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक (जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक) नजिककी बासिन्दा कल्पना ढकाल बताउछन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा ससाना सवारी साधन चलाउन र पैदलयात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

“खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?” भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्छन्, “नगरपालिकाका हाकिमले ध्यान दिनुहुन्न ।” जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउछन्नुहुन्छ । “छाडा चौपायाका कारण हुने ट्रफिक समस्या हटाउन ट्रफिक प्रहरीको तत्परता त हुन पर्छ”, उनले भने, “तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउन पर्छ ।”

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको जानकारी दिए । “हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशु धनीलाई दण्ड जरिवाना गर्ने व्यवस्था गर्न लागेका छौं”, उनले भने, “कार्यालय (नगरपालिका कार्यालय) कै तर्फबाट यससम्बन्धमा गरिनुपर्ने कामबारे सघन छलफलमा छौँ, उपयुक्त निर्णय हुनेछ ।”