२ पुष २०८२, बुधबार
,
Latest
जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताउनु भयो । उहाँले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ । लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’

नेता गिरीले नयाँ अनुहार केन्द्रिय कमिटीमा देखिने बताउनु भयो ।