१ पुष २०८२, मंगलवार
,
Latest
पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताउनु भयो । यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उहाँको भनाइ छ । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउनुहुँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताउनु भयो । सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय हो । मानव अधिकारसँग जोडिएको विषय हो । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै हो । अक्सिजन प्रयोग नगरीकन मान्छे बाँच्नै सक्दैन । आज इन्टरनेटको प्रयोग पनि मान्छेका लागि बाँच्नै नसक्ने गरी इन्टरनेट प्रयोगमा धेरै मानिसहरु अभ्यस्त भएको स्थिति छ । त्यसलाई व्यवस्थित गर्ने लोकतन्त्रको मुख्य विषय हो । त्यसलाई निषेध र बन्द गर्ने लोकतन्त्रको पक्ष होइन । डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय हो । नेपाली काँग्रेस कमी कमजोरी थुप्रै छन्, लोकतान्त्रिक मूल्य मान्यतासँग जोडिएको पार्टी हो काँग्रेस ।’

नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताउनु भयो । सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताउनु भयो ।