२१ श्रावण २०८३, बिहीबार
,
Latest
कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो



अ+ अ-

काठमाडौँ । ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधि सहभागिता विस्तार गर्ने उद्देश्यका साथ नेपालस्थित कोरिया दुतावास र स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको सेमिनारमा इप्पानका अध्यक्ष गणेश कार्कीले सेमिनार नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको प्रतिविम्व भएको बताउनु भयो । उहाँकाअनुसार नेपालको ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उहाँले भारत र बंगलादेशसँग भएका ऊर्जा व्यापार सम्झौताले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यातको सम्भावना खोलेको छ । उक्त लक्ष्य हाँसिल गर्न निजी क्षेत्र प्रमुख साझेदार हुनेछ ।

इप्पान अध्यक्ष कार्कीले भन्नुभयो,‘नेपालमा जलविद्युत्को महत्व दिनदिनै बढ्दै गएको छ । नेपाल सरकारले २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने भनेर लक्ष्य लिएको छ । जसमध्ये भारतमा १५ हजार मेगावाट निर्यात गने र नेपालमा १३ हजार ५ सय मेगावाट खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागि हामीलाई फन्डिङ पनि चाहिएको छ र टेक्नोलोजि पनि चाहिएको छ । कोरियाले पनि नेपालमा २१६ मेगावाटको एउटा प्रोजेक्ट शुरु गरेर सक्ने स्थीतिमा छ । अन्य परियोजनामा पनि इच्छा देखाइरहेको छ । त्यसले गर्दा नेपाल र कोरिया मिलेर उर्जाका क्षेत्रमा कस्ता खालका कुराहरु गर्न सकिन्छ र उर्जाको विकासका बारेमा के गर्न सकिन्छ भन्ने हिसावले कोरियान दुतावास र इप्पान मिलेर यो कार्यक्रम गरिएको हो । नेपालमा थ्रुपै अवसर छ र सरकारले नीतिगत रुपमा हेरिदिएको खण्डमा थ्रुपै खालको इनभेष्टमेन्टन ल्याउन सकिन्छ । हाइड्रोजनका कुराहरु भएका छन् यसमा लगानी पनि ल्याउन सकिन्छ । सरकारले यसमा लगानीमैत्ती वातावरण बनाउनुपर्छ । विदेशीहरुले नेपालमा लगानी गर्दा कस्ता खालका समस्या भोगिरहेका छन् ।’

अध्यक्ष कार्कीले जलविद्युत आयोजनाले विद्युत उत्पादनसँगै रोजगारी सिर्जना, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा सामाजिक–आर्थिक योगदान पु¥याएको समेत बताउनु भयो । भविष्यमा व्यवसाय–व्यवसाय तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य विस्तार, स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, हरित वित्त र नवप्रवर्तनमा ठूलो सम्भावना रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते–यङले कोरिया नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनु भयो । उहाँकाअनुसार केही प्रोजेक्ट अघि बढाइसकेकाले थप लगानीका लागि सरकारले बाटो खोलिदिनुपर्छ । कोरिया वित्तीय सहयोगसँगै प्राविधिक सहयोगमार्फत पनि नेपालसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । उहाँकाअनुसार प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सरकारले सहज नीति बनाइदिनुपर्छ । सेमिनारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव (ऊर्जा) चिरञ्जीवी चटौतले नेपाल–कोरिया सहकार्य जरुरी रहेको बताउनु भयो । उहाँले  रणनीतिक लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रको नेतृत्वमा आधारित साझेदारीतर्फ नेपाल–कोरिया अघि बढिसकिएको बताउनु भयो । चटौतका अनुसार नेपालको ऊर्जा रूपान्तरणका लागि कोरिया महत्वपूर्ण साझेदार हो ।

चटौतकाअनुसार २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनालाई कोरियाली लगानी र प्रविधिको उदाहरण रहेकाले ठूला जलविद्युत आयोजना, प्रसारण पूर्वाधार तथा ग्रिड आधुनिकीकरण र हरित हाइड्रोजन तथा भविष्यका ऊर्जा समाधानमा कोरियाली सहभागिता हुन आवश्यक छ ।




भर्खरै