१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन् ।

उनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षक भित्र्याएको हो । भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए ।

उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)को लेभल–बी प्रशिक्षक हुन् ।