• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव

‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो, यो व्यक्तिगत कुरा होइन्’: नेम्वाङ



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडी बढाउन नहुने बताएका छन् । शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि नेम्वाङले यस्तो बताएका हुन् । नेम्वाङपनि तीन सदस्य रहेको कार्यदलमा सदस्य रहेको समाचारमा आएको थियो । संविधान संशोधन जस्तो गम्भिर कुरालाई जिम्मेवारी पूर्वक अगाडी बढाउनुपर्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने उनको भनाई छ ।

एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाई छ । उनले भने, ‘‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो यसलाई जिम्मेवारी पूर्वक अगाडि लैजानु पर्छ । यो एकदमै पारदर्शी हुनुपर्छ र यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ । यो व्यक्तिगत कुरा होइन् । हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधन तिर जाने होइन पहिला त संविधान कार्यान्वयन गर्नुपर्यो भनेका थियौं । पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो त्यसपछि हामीले भन्न थाल्यौं अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ ।

किनभने आधारहरु तयार भयो । तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिले सम्म ठानेनौं ।’ मधेशवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदा समेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफुले गरेको बताए । पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उनले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताए । नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफुलाई औपचारिक जानकारी नभएको समेत बताएका छन् ।

कार्यदल बनेको विश्वास आफुलाई नलागेको उल्लेख गर्दै उनले भने, ‘‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन् । यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन् । पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारेमा कुनैपनि निर्णय नभएको जानकारी पनि गराउनुभयो । सचिवालयमा कुरा चाँही आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन् भन्ने कुराहरु पनि आए जसले अन्यौल बढायो । आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो ।

बिहान ११ बजे खिमलाल देवकोटा जी र म दुबै जना उहाँसँग कुराकानी गर्न गयौँ । उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ । समग्र सञ्चार माध्यममा आएका कुराहरु सहि हुन भन्ने लाग्दैन् ।’’ नेम्वाङले संविधान संशोधनको कुरा पादर्शी ढंगले अगाडी बढ्नुपर्ने समेत बताएका छन् । देश, जनता र पार्टीका कार्यकर्ताहरुले समेत बुझन्गरी यस्ता कुराहरु अगाडी बढाउनुपर्ने उनले बताए ।