२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ ।

सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि स्पष्ट पार्न भयो । उहाँले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताउनु भयो । मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभुति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम कहीँकतैबाट पनि गर्नु र गराउन न्यायोचित हुँदैन । यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप भएको हो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न गण्डकी प्रदेशमा रहेका सुरक्षाका चुनौतिहरुको सामना गर्न सक्षम हुने गरी प्रदेश र जिल्लाहरुले आफ्ना आफना सुरक्षा योजनाहरु तयार गरी कार्यान्वयनमा ल्याउनु हुनेछ । सुरक्षा गोष्ठी सम्पन्न गरी कार्यस्थलमा फर्कदा हाम्रो कार्यशैली जनताले महशुस हुनेगरी सुधार हुनेछ । कानून राज्यको अवधारण अनुरुप स्वतन्त्र र निष्पक्ष ढंगबाट कार्य सम्पादन गरिनेछ । सो को अनुभूति आम नागरिकमा हुनेगरी सुशासन कायम हुनेछ ।’  

मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराउनु भयो ।