२९ मंसिर २०८२, सोमबार
,
Latest
अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस् प्रदेश सरकारको अस्तव्यस्तताका कारण आयोगको वाार्षिक कार्यतालिका प्रभावितः अध्यक्ष यादव एमाले महाधिवेशनः ईश्वर पोखरेलको उम्मेदवारी दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

सोमवार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उहाँले जेन–जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पार्नुभयो ।

नेतृ झाँक्रीले भन्नुभयो,‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’

नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताउनु भयो ।