१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्रको योगदानलाई स्मरण गरिने



अ+ अ-

चिप्लेढुङ्गा । यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उहाँको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ ।

प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिनुभयो ।

यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रमसमेत सम्पन्न भएको र विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गर्ने जानकारी दिनुभयो । सो अवसरमा पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तित्वले रवीन्द्र अधिकारीका बारेमा सम्बोधन गर्न कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फागुन १६ गते ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठीकोसमेत आयोजना गरिएको छ ।

रवीन्द्र पत्नी एवं प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रुपमा रहको बताउनुभयो । उहाँले भन्नुभयो, “यो दुःखद् समयको एक वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ”, प्रतिष्ठानले रवीन्द्र अधिकारीले समाजमा पु¥याएको योगदानलाई चिरस्थायी बनाउने र उहाँले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने बताउनुभयो ।

रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त गैरनाफामूलक संस्थाका रुपमा प्रतिष्ठानको गठन भएको हो ।