२९ मंसिर २०८२, सोमबार
,
Latest
ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी–फोटोफिचर सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस् पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँः ईश्वर पोखरेल एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छः पृथ्वीसुब्बा गुरुङ राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाउनुभएको हो ।

सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिँडेको उहाँले बताउनु भयो । छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उहाँको दाबी छ । उहाँले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तीनीहरुलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादीत मान्छेहरु आएका छन् । केही मान्छेहरु काम गर्नेजस्ता पनि देखिएका छन् । तरपनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तिब्रतर गतिमा लागेका छौँ ।’ 

उहाँले काँग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिनुभयो । महाधिवेशनको लागी हाल क्रियाशिल सदस्य नविकरण र वितरणको काम भइरहेको बताउनु भयो ।