२९ मंसिर २०८२, सोमबार
,
Latest
ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी–फोटोफिचर सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस् पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँः ईश्वर पोखरेल एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छः पृथ्वीसुब्बा गुरुङ राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालको कृषि क्षेत्रलाई समावेशी, जलवायु उत्थानशील र दिगो बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ ।

ललतिपुरमा सोमवार आयोजित नेपाल फुड फोरम २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री परियारले कृषिलाई राष्ट्रिय आर्थिक विकासको शक्तिशाली इन्जिन बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको हो ।

उहाँले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ८० औँ वार्षिकोत्सवका अवसरमा दोस्रो नेपाल फुड फोरम सफलतापूर्वक आयोजना गरेकोमाधन्यवाद दिनुभयो । सरकारले कृषि लगानी दशक (२०२४–२०३४) घोषणा गरेको स्मरण गराउँदै मन्त्री परियारले कृषि क्षेत्रमा लगानी बढाएर संरचनात्मक आर्थिक रूपान्तरणलाई तिब्रता दिने प्रतिवद्धता दोहो¥याउनु भयो । जलवायु जोखिम बढ्दै गएको सन्दर्भमा गत असोजमा भएको असामान्य वर्षाका कारण करिव ८६८ मिलियन रुपैयाँको आर्थिक नोक्सानी र १० हजार ८४० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको उदाहरण दिँदै उहाँले कृषि पुनरुत्थान र उत्थानशीलताका लागि सरकारी निकाय, संयुक्त राष्ट्रसंघ, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारहरूबीच समन्वयात्मक लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री परियारले भन्नुभयो, “नेपाल फुड फोरम २०२५ का छलफलहरूले कृषि–खाद्य प्रणालीलाई समावेशी, उत्थानशील र दिगो बनाउने साझा लक्ष्यका लागि विविध सरोकारवालाहरूको सामूहिक बुद्धि, प्रतिवद्धता र रचनात्मकता झल्काएको छ । महिला, दलित, युवा, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायको अधिकार, सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ।”

उहाँले ठूलो अलैँची, अदुवा, आलु, सुन्तला, चिया, कफी जस्ता उच्च मूल्यका बालीलाई जलवायु उत्थानशील र निर्यातमुखी बनाएर ग्रामीण जीविकोपार्जन सुदृढ गर्ने, युवालाई नवप्रवद्र्धन र उद्यमशीलतामार्फत हरित रोजगारी सिर्जना गर्ने तथा विज्ञान, डिजिटलाइजेशन र मेकानाइजेशनलाई कृषिको आधार बनाउने कुरामा फोरमले महत्वपूर्ण मार्गदर्शन गरेको बताउनु भयो । मन्त्री परियारले सबै सरोकारवालालाई फोरमबाट प्राप्त गति कायम राख्दै खाद्य सुरक्षित, पोषण संवेदनशील र जलवायु उत्थानशील नेपाल निर्माण गर्न हातेमालो गरेर अघि बढ्न आह्वान गर्नुभयो ।