७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ

बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ
अ+ अ-

किएभ। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ ।

यसैबीच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भएको छ र युक्रेनी अधिकारीहरूले त्यसको संशोधित प्रस्ताव हालै वासिङ्टन पठाइसकेको जनाएका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले संशोधित प्रस्तावमा अमेरिकाबाट औपचारिक प्रतिक्रिया नआए पनि आवश्यक सबै सङ्केतहरू प्राप्त भइरहेको बताउनुभयो । “बर्लिनमा हुने शिखर वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । हामी अमेरिकी र युरोपेली दुवै पक्षसँग आज र भोलि बर्लिनमै भेट गर्दैछौँ”, उहाँको भनाइ थियो ।

ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्पका दूत स्टिभ विटकफले शान्ति वार्ताको अवस्थाबारे छलफल गर्न यस सप्ताहन्तमा जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गर्नुहुनेछ ।

जेलेन्स्कीले शान्ति योजनाले निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “सबैभन्दा पहिले यो युक्रेनका लागि न्यायोचित हुनुपर्छ, किनकि युद्धको सुरुआत रुसले गरेको हो ।”

यसैबीच, सन् २०२२ मा रुसले आक्रमण गरेयता दशौँ हजार मानिसको ज्यान लिएको युद्ध अझै जारी छ । पछिल्लो प्रयासका बीच युक्रेनले नयाँ रूसी हवाई आक्रमणको रिपोर्ट गरेको छ । युक्रेनी वायु सेनाका अनुसार रुसले रातारात १३८ वटा ड्रोन र एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

खेरसनमा रहेको एक अस्पतालमा ड्रोन प्रहार हुँदा एक नर्ससहित दुई जना घाइते भएका छन् भने जापोरिझिया क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।  (रासस/एएफपी)