२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक



अ+ अ-

काठमाडौं । गृह मन्त्री ओमप्रकाश अर्याल तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आज अमर प्रहरी प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवार सँग भेटघाट गर्नुभएको छ ।

प्रहरी प्रभाग कोटेश्वर, काठमाण्डौमा कार्यरत रहनुभएको गुरुङले गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा अमरत्व प्राप्त गर्नुभएको थियो ।

सो भेटघाटका क्रममा गृहमन्त्री अर्यालले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन र राष्ट्रका लागि प्राण उत्सर्ग गर्नुहुने वीर सपुतको अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताउनुभएको थियो भने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनले गुरुङको बलिदान कदापी नबिर्सने प्रतिज्ञा व्यक्त गर्नुभयो ।

जेन-जी आन्दोलनको क्रममा अमरत्व प्राप्त गर्नुभएका जिल्ला कास्की, रुपा गाउँपालिका-५, रामदी घर भएका गुरुङको जन्म वि.सं २०५२ साल पौष १० गते भएको थियो भने वहाँ २०७० साल असोज १५ गते देखिबाट नेपाल प्रहरी संगठनमा आवद्ध हुनुहुनथ्यो ।

सो भेटघाटमा गृह सचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज धिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेत सहभागी हुनुहुन्थ्यो ।