काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।
आगामी संस्करणका लागि उनलाई बीपीएलको टोली राजशाही वारियर्सले अनुबन्ध गरेको हो ।
राजशाही वारियर्सले सामाजिक सञ्जालमार्फत लामिछानेलाई टोलीमा स्वागत गर्दै उनलाई “हिमालयन म्याजिक”को संज्ञा दिएको छ ।
लेग स्पिनरका रूपमा आक्रामक बलिङका कारण चिनिएका लामिछानेले यसअघि पनि बीपीएलमा सहभागिता जनाइसकेका छन् ।
उनले अघिल्लो संस्करणमा सिल्हेट सिक्सर्सबाट खेलेका थिए ।
बीपीएलको आगामी संस्करण आउँदो डिसेम्बर २६ बाट सुरु हुनेछ ।










