२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले बीपीएल खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।

आगामी संस्करणका लागि उनलाई बीपीएलको टोली राजशाही वारियर्सले अनुबन्ध गरेको हो ।

राजशाही वारियर्सले सामाजिक सञ्जालमार्फत लामिछानेलाई टोलीमा स्वागत गर्दै उनलाई “हिमालयन म्याजिक”को संज्ञा दिएको छ ।

लेग स्पिनरका रूपमा आक्रामक बलिङका कारण चिनिएका लामिछानेले यसअघि पनि बीपीएलमा सहभागिता जनाइसकेका छन् ।

उनले अघिल्लो संस्करणमा सिल्हेट सिक्सर्सबाट खेलेका थिए ।

बीपीएलको आगामी संस्करण आउँदो डिसेम्बर २६ बाट सुरु हुनेछ ।