काठमाडौं । नेपाल ट्रस्टको जग्गा २१ हजार ५ सय ६२ रोपनी रहेको सार्वजनीक भएको छ । ट्रस्टले सम्पति विवरण सार्वजनीक गर्दा लिजमा लगाइएका जग्गाको विवरण पनि सार्वजनीक गरिदिएको छ ।
पूर्वराजपरिवारको सदस्यका नाममा रहेका देशभरका जग्गाको संरक्षण गर्नका लागि ट्रस्ट स्थापना गरिएको थियो । सो ट्रस्टका अध्यक्ष रक्षमन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन् । लिजमा दिइएको ट्रस्टको सम्पतिलाई लिएर सार्वजनिक आलोचना चुलिएपछि श्वेतपत्रमार्फत जानकारी गराइएको पोखरेलले जानकारी दिए ।
ट्रस्टको नेपालभर कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम भएको पाइएको हो । ट्रस्टको सबैभन्दा बढी जग्गा धादिङ र काठमाडौंमा रहेको छ । धादिङमा कुल जग्गाको ७० प्रतिशत (१५ हजार १ सय १ रोपनी) जग्गा छ भने काठमाडौंमा २१ दशमलब ६१ प्रतिशत (४ जार ४ सय ४२ रोपनी) जग्गा छ । सौर्य दैनिक