१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उहाँले सो आवश्यक्ता औँल्याउनुभएको हो ।

संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभुति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पार्नु भयो । उहाँले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसदको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो,‘लोकतन्त्रको सुन्दर र उन्नत पक्ष भनेको निर्वाचन हो । त्यसमा जनविश्वास र जनचासो अडिएको हुन्छ । अहिले अन्तरिम सरकारको मुख्य काम भनेको आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हो । यो निर्वाचन प्रतिनिधि सभा विघटन भएपछि कति आवश्यक र महत्वपूर्ण छ भन्नेकुरा हामी सबैले अनुभुत गरेकै छौँ । यो चुनाव समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँदलीरहित गराउन सरकारको जति दायित्व छ । सरकारलाई सहयोग गर्न हाम्रो पनि त्यत्तिकै दायित्व हो भन्ने कुरा बुझन उत्तिकै जरुरी छ ।’  

अध्यक्ष दाहालले जेनजी आन्दोलनको मुख्य मागको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणको काममा संसदले पनि उत्तिकै महत्वका साथ काम गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।