२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान

तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान
अ अ+ अ-

काठमाण्डौ । यस वर्षको तुलसीमान लोक साहित्य सम्मान कवि,कथाकार तथा गीतकार डा. राजु बाबु श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्दिचरण हलमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथी संस्कृत विश्वविधालयका पूर्व उपकुलपति प्रा.डा. कुमार प्रसाद कोईरालाले दोसल्ला ओढाई नगद रु पच्चीस हजार पाँच सहित सम्मानपत्र द्वारा सम्मानित गरिएको हो ।

तुलसीमान श्रेष्ठ स्मृति समाजका अध्यक्ष प्रा.डा.सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रा।डा। नवराज कट्टेलले सम्मानित साहित्यकार डा।श्रेष्ठका कथाकारीता र गीतिलेखनका बारेमा समिक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । श्रेष्ठले विदेशी भुमिका विविध कथाहरु नेपाली साहित्यमा भित्र्याएर त्यहाँको समाजको बेथिति र दु:ख पीडाहरुलाई उजागर गरेको कुरा औल्याउदै श्रेष्ठका कथामा मानविय मुल्यको खोजी, प्रखर रुपमा हिंसा र युद्दको बिरोध गरिएको उनले बताए । दुईसय भन्दा बढी गीत रेकर्ड गराईसकेका र आठवटा साहित्यिक कृति पस्किसकेका श्रेष्ठका गीतहरुमा राष्ट्रिय भावना र मानवीय प्रेम छताछुल्ल भएको पनि उनले प्रष्ट पारे ।

अर्का अतिथि वक्ता गोरखा पालुङ्टार नगरपालिकाका पुर्व मेयर ई। दिपक बाबु कडेल ले तुलसीमान श्रेष्ठको शिक्षाप्रेम र योगदानको चर्चा गर्दै सम्मानित स्रष्ठा राजुबाबु सम्मानका लागि उपयुक्त पात्र भएको बताए ।

अर्का वक्ता प्रा।कुश्माकर आचार्यले तुलसीमान श्रेष्ट स्मृति समाजले नेपाली साहित्य, कला,संस्कृति,लोक साहित्य र सामाजिक क्षेत्रमा योगदान पुर्याउने अभियन्ताहरुलाई सम्मान गर्ने क्रममा बिगतमा संस्कृतिविद् सत्यमोहन जोशी, कवि तुलसी दिवस, देउडा गायक नन्दकृष्ण जोशी, गायक शिव परियार र म स्वयंलाई सम्मान प्रदान गरिसकेकोमा यस वर्ष गोरखाका तारा डा.राजुबाबु श्रेष्ठलाई चयन गरेर सहि निर्णय गरेको अभिमत ब्यक्त गरे ।

सम्मानित ब्यक्तित्व श्रेष्ठले गोरखाली सर्जक र आफ्नै गुरुको नाममा स्थापित यस सम्मानले आफुलाई भावुक बनाएको र कुनै आग्रह पूर्वाग्रह बिना प्रदान गरिने यस्ता सम्मानले सम्मान प्रदान गर्ने र ग्रहण गर्ने दुबैको सम्मान रहने कुरा बताए । वर्तमान राजनीतिले समाजलाई विभाजित गर्दै गरेको प्रसंग कोट्याउदै गोरखाको विकासको सवालमा सबै गोरखाली एउटै छाना मुनी आउनुपर्ने , आफु गोरखा पार्टीको सदस्य भएकोले राजनीति गर्न नआउने गोरखाको हितमा काम गर्ने जुनसुकै पार्टीको झोला बोक्न तयार भएको कुरो खुलाए । ईतिहासमा हरेक युद्द जितेर पनि वर्तमानमा सधै हारेको गोरखासंग अपार ऐतिहासिक र सांस्कृतिक सम्पदा तथा गर्विलो ईतिहास हुदाहुदै पनि यसको प्रचार प्रसार र व्यबस्थापन हुन नसकेको दुखेसो पोखे ।

कार्यक्रमको अन्त्यमा मुख्य अतिथिले गोरखाका सबल पक्ष र अफ्ठयाराहरुको बेलिबिस्तार लगाए भने संस्थाका तर्फबाट निरजमान श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहका सभापति डा. अधिकारीले आगामी दिनहरुमा पनि संस्थाले योगदान हेरेर स्रष्टाहरुको सम्मान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरेका थिए ।