२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान

नेपाली राजदूतावासद्वारा धावक  सनमाया बुढा र  रनमाया बुढालाई सम्मान
अ अ+ अ-

थाइल्याण्ड: थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाई (Chiang Mai) मा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता “100 KM Chiang Mai Thailand by UTMB” मा सहभागिता जनाई उल्लेखनीय सफलता हासिल गर्नु भएका नेपाली धावकद्वयलाई नेपाली राजदूतावास, बैंककले एक विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

उक्त अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता Ultra-Trail du Mont-Blanc (UTMB) शृंखलाअन्तर्गत आयोजना गरिएको थियो, जुन विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ। थाइल्याण्डको उत्तरी पहाडी भू–भाग, जङ्गल, उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको यस प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकहरूको सहभागिता रहेको थियो।

यस कठिन र प्रतिष्ठित १०० किलोमिटर लामो ट्रेल रनमा जुम्ला जिल्ला निवासी नेपाली महिला धावक श्री सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल हुनु भई नेपाल र नेपालीको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउनु भएको छ। त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमाया वुढाकी बहिनी श्री रनमाया बुढाले सातौं स्थान हासिल गर्दै नेपाली धावन क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ।

उक्त ऐतिहासिक सफलताको कदर गर्दै आज नेपाली राजदूतावास, बैंककमा आयोजित सम्मान कार्यक्रममा धावक श्री सनमाया बुढाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर संघर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाउनु भएको थियो। उहाँको संघर्षशील यात्राले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो।

 

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख श्री मोती बहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी औपचारिक रूपमा सम्मान गर्नुभयो। उहाँले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी-नेपाल मिनि म्याराथुनको बारेमा समेत प्रकाश पार्नुभयो।

उक्त सम्मान कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारीहरू, गैरआवासीय नेपाली संघ (NRNA), थाइ–नेपाली संघ, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, तथा शिक्षा, पेशा, व्यवसायमा संलग्न करिब २५ जना नेपाली समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी PNO का अध्यक्ष श्री कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहन स्वरूप ने.रु. एक लाख (१,००,०००) आर्थिक सहयोग प्रदान गर्नुभयो। साथै, कार्यक्रममा उपस्थित अन्य नेपालीहरू तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले पनि आ–आफ्नो तर्फबाट आर्थिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रमले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय उपलब्धिलाई सम्मान गर्ने मात्र नभई, नेपाली समुदायबीच एकता, गर्व र प्रेरणाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।