२७ मंसिर २०८२, शनिबार
,
Latest
दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल



अ+ अ-

काठमाडौँ, २७ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्धारा हालै सहिद घोषणा गरिएका दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ । मन्त्री खरेलले शनिबार तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो ।

सञ्चारमन्त्री खरेलको विशेष पहलमा दिवंगत पत्रकार रजकलाई यही मङ्सिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यका तर्फबाट सहिद घोषणा गरेको थियो ।

मन्त्री खरेलले रजकको शोकाकुल परिवारजनलाई भेटेर गहिरो समवेदना प्रकट गर्नु भएको हाे ।

विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजतन्त्र पक्षरको प्रदर्शनको क्रममा श्रब्यदृश्य कैद गर्दा एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारको रुपमा कारर्यत पत्रकार सुरेशको मृत्यु भएको थियो  । प्रदर्शनकारीले आग्जनी गरेको घरमा देश्य कैद गर्नेक्रममा सुरेशको जलेर मृत्युभएको थियो । उक्त घटनामा मृत्यु भएका पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।

सेा अवसरमा सञ्चारमन्त्री खरेलले स्दिवंगत पत्रकार सुरेश रजक सबै नेपालीविच अमर रहने बताउनुभयेा । उहाँले स्वर्गीय रजक सहिद घोषणा भइसकेकाले सँधैका लागि अमर रहने बताउनुभेा। भेटका क्रममा मन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना प्रकट गर्नुभयो ।

पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्दागर्दै ज्यानै बलिदान दिएकाले नेपाली जनताले कहिल्यै विर्सन नसक्ने मन्त्री खरेलको भनाई थियो । साथै,उहाँले सरकार सँधै पत्रकार रजकका परिवारको सहयोगका लागि तयार रहने बताउनुभयो ।

मन्त्री खरेलले पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले निष्ठावान् पत्रकारको निधनले सञ्चार जगतमा ठूलो क्षति पुगेको बताउँदै रजकले देखाएको व्यावसायिक बाटो सधैँ स्मरणीय रहने उल्लेख गर्नुभयो ।

पत्रकार रजकको मृत्यु भएपछि परिवार तथा आफन्तले सहिद घोषणा तथा घटनाको छानविन गर्न माग गर्दै आएका थिए । उनीहरुको माग संबोधन गर्न सरकारले पत्रकार रजकलाई मंसिर २२ शहीद घोषणा गरेको थियो । साथै मन्त्री खरेलको पहलमा सुरेशकी श्रीमतीलाई रोजगारी समेत मिलाइएको छ । सरकारको कदमप्रति दिवंगत पत्रकार रजकका परिवारजनहरुले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् ।

सुरेशका दाइ रमेश रजकले सरकारले सहिद घोगाणा गरेकाले सुरेशले न्यायपाएको बताउनुभयो । उहाँले करिब सात महिनासम्म ताकेता गर्दापनि विगतको सरकारले कुनै सुनुवाई नगरेको भन्दै वर्तमान सरकारले सहिद घोषणा गरेर परिवारलाई सान्त्वना मिलेको बताउनुभयो ।

दिवंगत पत्रकार रजकका आफन्त पुरुसोत्तम मगियाले पनि सरकारले पत्रकार सुरेशलाई सहिद घोषणा गरेर न्याय दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारको निर्णय स्वागत योग्य छ, सञ्चारमन्त्री स्वयमले पेशागत जिम्मेवारी निर्बाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार आभारी छ ।