१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको रोडम्यापसँग मेल खानेगरी उहाँले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गर्नुभएको हो ।

शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताउनु भयो । उहाँले वर्तमान सरकरा अध्यारो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने तर्क समेत गर्नुभयो ।

महासचिव विप्लवले भन्नुभयो,‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ । न यो आन्दोलनको मर्मअनुसार छ । न संवैधानिक प्रक्रिया अनुसारको छ । अध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन । त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ । त्यो निकासको निम्ति राजनीतिक शक्तिहरुले नै नेतृत्व गर्नुपर्दछ । यो देशलाई यहाँसम्म ल्याएको राजनीतिक शक्तिहरुले नै हो । योगदान गरेको पनि राजनीतिक शक्तिहरुले नै भएको हुनाले सर्वपक्षीय सरकार, अन्तरिम सरकार बनाएर सहज ढंगले संविधानलाई पुनर्लेखन गर्नुप¥यो भने पनि गरेर नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, उत्पीडनमा परेका सबै नयाँ पुस्ता, युवा जेनजी देश, विदेशमा रहेका नेपाली नागरिकहरुको चाहनालाई सम्बोधन गरेरमात्रै चुनावतिर जान आवश्यक छ ।’

महासचिव विप्लवले एमालेले राष्ट्रिय स्वाधिनताको पक्षमा दिएको अडानका कारण यसमाथि देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले हमला गरिरहेको बताउनु भयो ।