२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट भयो ।

उसका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन जोडे । यस्तै, विनोद भण्डारी, दीपक बोहरा र पुनित मेहराले खाता समेत नखोली शून्य रनमै पभेलियन फर्किए । हरमित सिंहले १०, स्कट कुगलाइनले १०, शेल्डन ज्याकसनले १, आरिफ शेखले ६ रनमात्रै बनाए ।

वलिङतर्फ लुम्बिनीका रोहित पौडेलले ह्याट्रिकसहित तीन शेर मल्लले र रुवेन ट्रम्पलमानले तीन तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट लिए ।