१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं



अ+ अ-

काठमाडौँ । मुलुकलाई नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरुको एकताको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको जिकिर गर्नुभएको हो ।

नेता गुरुङले मुलुकको राष्ट्रियता सबै भन्दा बढी संकटमा पुगेको औँल्याउँदै त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिष्टहरुबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिष्ट शक्तिहरुसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रश्तावलाई पारित गरेर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘फेरि पनि कम्युनिष्टहरुको एकीकरणको विकल्प छैन । वामपन्थीहरुको एकताको विकल्प छैन । कम्युनिष्टहरुको एकता, बामपन्थीहरुको एकताको साथै सबै लोकतान्त्रिक, देशभक्त राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा, मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक सामाजिक रुपान्तरणको विकल्प छैन । त्यसकारण सबै शक्तिहरुको बीचका सहकार्यको निम्ति कम्युनिष्टहरुको एकीकरण अनिवार्य शर्त हो । यही अभियानमा हामी विगत केही समयदेखि नेपाली कम्युनिष्ट पार्टी निर्माणको यात्रामा लागिराखेका छौ । विभिन्न घटकहरुको बीचमा नेपाली कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागिराखेका छौ । पार्टी एकीकरणको अभियानमा लागि राखेका छौ । यो अभियानको क्रममा विगत कालमा नेकपा एकीकरण गर्दाको जुन अवस्था थियो, माक्र्सवाद लेनिनवादको मार्गनिर्देशक सिद्धान्तको आधारमा समाजवादी क्रान्तिको लक्ष्य लिएर तत्कालको न्युनतम कार्यक्रम सबै प्राप्त उपलब्धिहरुको रक्षा गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादी क्रान्ति पूरा गर्ने न्युनतम कार्यक्रममा साथ यतिखेर फेरि पनि एकीकरणको अभियानमा अघि बढ्नुपर्ने आवश्यक्ता छ । त्यसो गरेर मात्रै मुलुकको संकटको सम्बोधन गर्न सकिनेछ । समस्याको सम्बोधन गर्न सकिनेछ भन्ने आशा र विश्वासका साथ हामी कम्युनिष्ट पार्टीहरुको एकताअभियानमा लागि राखेका छौ । यही सन्दर्भमा यहाँहरुको महाधिवेशनबाट पनि भावी कम्युनिष्ट पार्टीको एकीकरणका लागि महत्वपूर्ण निर्णय लिन सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’

नेता गुरुङले माक्र्सवाद लेनिनवादको मार्गनिर्देशनको आधारमा नेपालका कम्युनिष्ट पार्टीहरुबीचका एकीकरण गरेर अघि बढ्न सकिने धारणा समेत राख्नुभयो ।