२७ मंसिर २०८२, शनिबार
,
Latest
एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् ।

यो संस्करणको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर सिधँै फाइनल पुगेको हो । सुदूरपश्चिमको एनपिएलको फाइनमा दोस्रो पटक पुगेको हो । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनी लायन्स भने पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको प्लेइङ ११ मा कप्तान दीपेन्द्रसिंह ऐरीसहित आरिफ शेख, अभिनाश बोहरा, इशान पाण्डे, दीपक बोहरा, विनोद भण्डारी, हेमन्त धाँमी, हरमित सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र पुनित मेहरा छन् ।

त्यसैगरी, लुम्बिनी लायन्सको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोविन शुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेट किपर) र डार्सी शर्ट छन् ।