२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गर्दे उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा नेपाली काग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का , लगायत बिभन्न दलका प्रतिनिधिहरु शुभकामना दिन पुग्नु भएको छ । उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहनु भएको छ ।

देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिसँगै एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको छ । पार्टीले यो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको रूपमा लिएको छ ।

जननिर्वाचित सरकार ढालेर अराजकहरूको सरकार चलिरहेको सङ्कटको घडीमा एमालेको महाधिवेशन सुरु भएको ज्ञवालीले बताउनुभयो । यस्तो बेलामा गौरवपूर्ण उपस्थितिको लागि उहाँले सबैलाई धन्यवाद दिनुभएको छ । ्तस्बिरः रत्न श्रेष्ठ-रासस