२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन



अ+ अ-

काठमाडौ । नेपालको चर्चित फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले वाकथन गरेको छ ।

शनिवार बिहान काठमाडौंको बिजुलीबजारदेखि माईतीघर मण्डलासम्म एमआरआरले वाकथन गरेको हो ।

वाकाथन कार्यक्रमको सन्देश राष्ट्रिय जागरणको बोकेको “वाक फर नेशन, वेक फर नेशन” नारा थियो । एमआरआर समूहले यस कार्यक्रममार्फत राष्ट्रप्रेम, एकता र जागरणको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ । एमआरआर नेपालको एक सक्रिय स्वयंसेवी समूह हो । जसले विगतमा विभिन्न कार्यहरू गर्दै आएको छ ।

उनीहरुले अबको जवाफ मतबाट, हाम्रो एक भोट भविष्य निर्धारण गर्ने आधार, भोट हाल्न गइएन भने मात्रै भोट खेर जान्छ लगायतका प्लेकार्ड बोकेर वाकथन गरेका छन् ।