२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ



नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं शुक्रबार मन्त्रालयमा पदभार सम्हाल्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ। नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा पदवहालीका क्रममा आज उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी गराउनुभयो ।

मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईँले भन्नुभयो, “कर्णाली प्रदेशमा हालै स्थापना गरिएको कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्ज सञ्चालनका लागि कार्यालय तत्काल व्यस्थापन गर्नुपर्नेछ ।”

उहाँले परिवर्तनलाई संस्थागत गर्न सरकारका प्रयासमा सबैको योगदानको आवश्यकता औँल्याउनुभयो । वर्तमान सरकार छोटो समयावधिका लागि निर्वाचनको मुख्य कार्यभार गर्ने म्याण्डेटका लागि गठन भएको भए पनि जेनजी आन्दोलनका माग सम्बोधन र आन्दोलनका भावनाअनुसार काम गर्दै आएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै नियुक्त हुनुभएका मन्त्री चौलागाईँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात सिंहदरबारस्थित वन मन्त्रालयमा पदवहाली गर्नुभएको हो ।