३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा



अ+ अ-

कास्की। पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड टेनिस सर्किट–२ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले ‘गल्र्स सिङ्गल्स’तर्फ फाइनलमा स्थान बनाएकी छिन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगितामा आज उनले उत्कृष्ट प्रदर्शन गर्दै महिला एकलतर्फ उपाधि नजिक पुग्न सफल भएकी हुन् ।

गुरुङले भारतकी कर्थिका पद्मकुमारसँगको खेलमा ६–३, ५–७, ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । उनले जारी प्रतियोगिताको सर्किट–१ मासमेत उपाधि जितेकी थिइन् ।

गुरुङले फाइनलमा सर्किट–१ कै उपविजेता रहेकी ताइपेकी केचि सुसँग भेट पक्का गरेकी छन् । केची सुले सेमिफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१, ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

यसैगरी आजै सम्पन्न भएको ‘गल्र्स डबल्स’ फाइनलमा ताइपेकी केचि सुसँग जोडी बनेर शिभालीले उपाधि जितेकी छिन् । उनीहरूको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्याण्डकी बोइदेही उकिललाई ६–२, ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन् ।

जारी प्रतियोगिताअन्तर्गत ‘ब्वाइज सिङ्गल्स’मा ताइपेइका टिङहो याङले चीनका जियालियाङ गुओलाई ६–२, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्दा दक्षिण कोरियाका युलहो जुङले श्रीलङ्काका गनुका फर्नान्डोलाई ६–३, ६–० को सहज जित हात पार्दै याङसँग फाइनल भिड्ने पक्का गरेका छन् ।

त्यसैगरी, ‘ब्वाइज डबल्स’ फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३, ७–६ (४) ले पराजित गर्दै उपाधि हात पारेका छन् ।

‘सिङ्गल्स’ तर्फका फाइनल खेल शनिबार हुने कास्की टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिएका छन् । पोखरामा जारी प्रतियोगितामा १६ देशका ८० खेलाडीको सहभागिता थियो ।