२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख चयनका विषयमा दलहरु मौन, नेताहरुमा आरोप प्रत्याराेप



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् ।

गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन दखिएका हुन् । सत्तारुढ दल नेकपाका नेताहरुले सभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएको छ । भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताउनुभयो । नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उहाँले बताउनुभयो । उहाँले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सभामखु चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताउनुभयो । फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुसार उपसभामुखको चयन प्रकृया चाँडो सुरु गर्न आग्रह गर्नुभयो । उहाँले उपसभामुखमा उम्मेदवारी दिने वियायमा कांग्रेसले अहिले सम्म केही नसोचनेको बताउनुभयो । अरु दलहरुपनि यसका लागि दावेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताउनुभएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भनने कुरा सरकारले निर्णय गर्ने बताउनुभयो । अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उहाँले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताउनुभयो । सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उहाँले बताउनुभयो ।

सभामुखमा सापकोटा निर्वाचित भएपनि उपसभामुखको विषयमा अहिलेसम्म कुनै प्रकृया अगाडी बढ्न सकेको छैन् ।