४ असार २०८३, बिहीबार
,
Latest
पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गा नचिन्ने नेपाल सरकारकी भूमिव्यवस्थामन्त्री !



अ+ अ-

बलराम प्यासी, काठमाडौं । सरकारको क्याविनेट मन्त्रीले नै सरकारी जग्गाकुनहो भनेर चिन्दैन भने सर्वसाधारणले त झनचिन्ने कुरै भएन ।

गतहप्ता भूमिसुधार तथागरिवीनिवारण मन्त्री पद्माकुमारी अर्यालले एउटै सरकार तर अलगमन्त्रालयमातहतको स्थानीय सरकारले भवन बनाई प्रयोगमा ल्याएको सरकारी जग्गामा प्रहरी दलवल र नेकपाका कार्यकर्ता सहितपुगेर होर्डिङ्ग वोर्ड गाडिन् । उक्तवोर्डमा लेखिएको थियो कित्ता नं ७३,५०९, ५१६ र ६८४ को ४ रोपनी क्षेत्रफलको ‘यो जग्गा नेपाल सरकारको हो’भनेर ।

मध्यवानेश्वर, सहभागिता मार्गस्थित काठमाडौं महानगरपालिका वडा नं १० को वडा कार्यालय प्रांगाणभित्र रहेको ५ रोपनी १२ आना क्षेत्रफलको उक्तजग्गामाभूमिव्यवस्थामन्त्रीले गाडेको होर्डिङ्ग वोर्डमा केवल ४ रोपनीमात्रै उल्लेख गरिएको छ । बाँकी १ रोपनी १२ आना जग्गा मन्त्री अर्यालले बालुवाटारभित्रको ललिता निवासको जग्गा जस्तै आफन्त कसैका नाममा नामसारी गरिदिन लागेको त हैन ? नत्र लालपुर्जामा भए अनुसारको १ रोपनी १२ आना जग्गा किन उल्लेख नगरेको त ? नेपाली कांग्रेसबाट निर्वाचित १० नं वडा सदस्य सतिश तण्डुकार प्रश्न गर्छन ।

दोस्रो कुरा महानगरको १० नं वडा कार्यालय भवन रहेको ५ रोपनी १२ आनाजग्गा सरकारी हो भनेर सर्वसाधारण सबैलाई थाहा छ । त्यतिमात्रै होइन काठमाडौं महानगरपालिका, नेपाल सरकारकै अर्काे मन्त्रालय ‘संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालय’अन्तर्गत पर्छ भन्ने कुरा मन्त्री अर्यालले थाहा पाइनन् । बस् उनी नेकपाका सांसद र स्थानीय नेताहरुको भर परीन् र सरकारी जग्गगामै गएर ‘यो जग्गा नेपाल सरकारको हो’ भनेर होर्डिङ्ग वोर्ड गाडेर गर्वका साथ फर्किइन् ।

उनले होर्डिङ्ग वोर्ड गाड्दै गर्दा सो वडाका अध्यक्ष रामकुमार केसीदेखि वडा सदस्यहरुले मन्त्रीज्यू यो जग्गा त नेपाल सरकारकै हो, वोर्ड गाड्नु जरुरी छ र ? भनेर समेत भनेको वडा सदस्य शतिस तण्डुकारले भने ।

वडा कार्यालयको भवन रहेको जग्गा नेपाल सरकारको हो भन्ने जान्दाजान्दै पनि मन्त्री अर्यालले सस्तो लोकप्रियताको लागि मिडिया बोलाएर होर्डिङ्ग वोर्ड गाडेपछि नेपाली काग्रेसबाट निर्वाचित बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले हेटौडाँमा प्रदेश सभाको सोमबारको वैठकमा भूमिव्यवस्थामन्त्रीअर्यालको खिल्ली नै उडाएका थिए ।

‘भूमिसम्वन्धी नीतिगत निर्णय गर्ने मन्त्रीले सस्तो लोकप्रियताको लागि नेपाल सरकारको स्वामित्वका टुँडिखेल र सिंहदरवारको जग्गामा ‘यो नेपाल सरकारको जग्गा हो’ भनेर होर्डिङ्गवोर्ड गाड्दै हिँड्ने हो ?’ सांसद श्रेष्ठले प्रतिप्रश्न गरे ।

१० नं वडा कार्यालय परिसरमाहोर्डिङ्ग वोर्ड गाडेकै दिनमन्त्रीअर्यालले वडा नं ३१ आलोक नगर स्थित व्यक्तिगत जग्गा समेत पर्ने गरि १० रोपनी ८ आनाजग्गामा समेत सोहि विवरण उल्लेख गरिएको होर्डिङ्ग वोर्ड गाडेकीथिइन, जहाँ स्थानीय जग्गाधनीले आफुसंग भएको लालपुर्जाको प्रमाण देखाउँदै मन्त्रीअर्यालको कार्यको खुलेरै विरोध गरेकाथिए ।