२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पार्टीले शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ । नेकपा (एमाले)का लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ । साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ ।’

पार्टीका केन्द्रिय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागि हुने विश्वास  गरिएको बताउनु भयो । पार्टीको महाधिवेशनसँगै प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियान समेत शुरु हुन गइरहेको बताउनु भयो ।

उहाँले महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिएपनि शुभकामना पठाउन आग्रह गरिएको बताउनु भयो । त्यसबाहेक विभिन्न १६ दलका नेताहरुलाई उद्घानटन सत्रमा सहभागि हुने उहाँको भनाइ छ । पार्टीको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले महाधिवेशन पूर्णतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह¥याउने तयारीमा छ । अध्यक्ष पदका लागि उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।




भर्खरै