२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात… राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पार्टीले शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ । नेकपा (एमाले)का लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ । साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ ।’

पार्टीका केन्द्रिय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागि हुने विश्वास  गरिएको बताउनु भयो । पार्टीको महाधिवेशनसँगै प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियान समेत शुरु हुन गइरहेको बताउनु भयो ।

उहाँले महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिएपनि शुभकामना पठाउन आग्रह गरिएको बताउनु भयो । त्यसबाहेक विभिन्न १६ दलका नेताहरुलाई उद्घानटन सत्रमा सहभागि हुने उहाँको भनाइ छ । पार्टीको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले महाधिवेशन पूर्णतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह¥याउने तयारीमा छ । अध्यक्ष पदका लागि उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।