२६ मंसिर २०८२, शुक्रबार
,
Latest
गाईलाई चिकेन मोमो खुवाएपछि युट्युबर कुटिए साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली कुन दिशामा टाउको पारेर सुत्नु शुभ हुन्छ ? एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था शुरुवात गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरु लाभान्वित भएको जानकारी गराउनु भयो ।

उहाँकाअनुसार सबै सबै ईकाइको आदर्श वाक्य निर्माण गरिएको छ । उहाँले विष्फोटक पदार्थको भण्डाण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बंकर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार रेलवे, टनेल तथा बोटहरुको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिएको तथा युनिट कमाण्डहरुलाई एक्शन प्लान बनाएर कार्यान्वयनमा ल्याउने व्यवस्था समेत शुरुवात गरिएको बताउनु भयो । विपद् व्यवस्थापन, आकस्मिक उद्धार क्षमता, सडक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ठोस कदम अघि बढाएको समेत थापाले बताउनु भयो । उहाँले राष्ट्रिय सडक सुरक्षा परिषद्सँग समन्वय गरी पोस्ट–क्र्यास रेस्पोन्स एण्ड केयर सेवा शुरु गर्न एमओयू भएको तथा दुर्घटना पश्चात तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फस्र्ट रेस्पोन्स तालिम दिइएको पनि बताउनु भयो । प्रगति विवरणमा प्राकृतिक विपद् तथा सवारी दुर्घटनामा परेका घटनाहरुको उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन भई समुदायस्तरमा विपद्को समयमा परिचालन हुनसक्ने दक्ष जनशक्तिको रुपमा ९ सय ९० जना विपद् स्ययंसेवक तयार गरिएको पनि बताउनु भयो ।

सीमा सुरक्षा, निर्माण कार्य र स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण कार्यहरु अर्यालको तीन वर्षे कार्यकालमा सम्पन्न गरिएको उहाँको भनाइ छ ।

यस्तो छ सशस्त्र प्ररहरीको निर्वाचनलक्षित सुरक्षा रणनीति 

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति समेत सार्वजनि गरेको छ । निर्वाचनलाई सुरक्षित, व्यवस्थित र अवाञ्छित गतिविधिबाट मुक्त राख्न सशस्त्र प्रहरी बल नेपालले जोखिम मूल्यांकन, द्रुत प्रतिक्रिया टोली सञ्चालन, सीमा निगरानी, सञ्चार समन्वय र आवश्यक संसाधन परिचालन गर्ने योजना बनाएको छ । निर्वाचनको समयमा संवेदनशील क्षेत्र, असामान्य गतिविधि र सम्भावित जोखिम पहिचानका लागि विशेष टोली परिचालन गरिने प्रवक्ता थापाले जानकारी दिनुभयो । उहाँले अवैध आवतजावत, तस्करी वा अपराध वृद्धि हुन नदिन सीमा क्षेत्रमा विशेष गस्ती, चेकपोस्ट चौकसी, गस्ती निगरानी बढाइने समेत बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सम्भावना भएकाले उच्च शतर्कता अपनाइने समेत जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई भयरहित बनाउन जिल्ला सुरक्षा परिषद्हरुसँग आवश्यक समन्वय गरिने समेत जानकारी दिनुभयो ।