२६ मंसिर २०८२, शुक्रबार
,
Latest
प्रतिबन्धित मुङ्ग्री माछा नष्ट मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य धुर्मुसको बकपत्र: रंगशालाको समस्या समाधान भएर हामीले कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ओलीलाई कारबाही गर्ने प्रयास नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्ने चाल: नेतृ रामकुमारी झाँक्री मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने



अ+ अ-

मलेखु (धादिङ), २६ मङ्सिरः दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ ।

नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे ,“स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।”

युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए ।

सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।रासस